शिक्षक, बैंक जागिरे हुँदै प्रहरी उपरीक्षक सम्मको यात्रा

शिक्षक, बैंक जागिरे हुँदै प्रहरी उपरीक्षक सम्मको यात्रा

संविधानजारी हुनुभन्दा अगाडी र संविधान जारी भए पछाडी देशका विभिन्न जिल्लाहरुमा आन्दोलन भए । आन्दोलन चितवनमा पनि थियो । तर अन्य जिल्लामा भएका आन्दोलनको तुलनामा चितवनको आन्दोलन शान्तिपूर्ण भयो । चितवनमा प्रहरी प्रशासनले राम्रो समन्वय गरेका कारण चितवनको आन्दोलन शान्तिपूर्ण भयो । चितवनमा प्रहरीले आन्दोलनकारीहरु सँग गरेको समन्वयको चौतर्फी प्रशंसा समेत भए । पूर्व–पश्चिममा भइरहेको आन्दोलन हिंसात्मक बन्दै गर्दा चितवन पूर्ण रुपमा शान्ति थियो । त्यसको पछाडी सयौं प्रहरीको नेतृत्व गर्ने चितवनका प्रहरी प्रमुख सहकुल वहादुर थापाको नै मुख्य भूमिका देखियो । उनले खेलेको भूमिकाको विषयमा चितवन लगायत अन्य जिल्लामा समेत प्रशंसा भयो । आखिर को हुन सहकुलवहादुर थापा उनको पृष्ठ भूमि कस्तो छ । आजको श्रृखलामा नारायणी सेरोफेरोकर्मी विष्णु पौडेलले उनको विगत देखि वर्तमान सम्म केलाउन प्रयास गरेका छन् । 
shaha kul Badhaur thapa– २०२५ सालमा भक्तपुर ननखेल गाविस तत्कालीन– हाल सुर्य विनायक नगरपालिकाको वडा नंं ११ मा सहकुल वहादुर थापाको जन्म भएको हो । मध्यम परिवारमा जन्मिएका उनी सानै देखि पढाइमा लगनशील थिए । पढाइमा उनी सुरु देखि नै कक्षाका प्रथम ब्वाइको रुपमा परिचय बनाएका थिए ।
उनले २०४२ सालमा स्थानीय महेन्द्र माध्यमिक विद्यालय साड्डाबाट एसएसलसी परीक्षा दिए । परीक्षा दिए लगतै आफै अध्ययन गरेको स्कुलमा उनले पढाउन सुरु गरे । २०४४ साल सम्म उनले आफै अध्ययन गरेको स्कुलमा शिक्षक भएर पढाए । बुवा सहित घरपरिवारका सबैको इच्छा सरकारी जागिरे बनोस थियो । पछि नेपाल राष्ट्र बैंकमा नो गज्जा ( नोट जाच्ने र नोट गन्ने ) पदममा काम गर्न थाले । २०४४ साल देखि ५० साल सम्म नेपाल राष्ट्र बैंकमा काम गरे । सहायक तहमा बसेर काम गरेका थापा २०५० सालमा नेपाल प्रहरीमा भर्ना हुन पुगे । राष्ट्र बैंकवाट उपदान लिएर नै उनी निस्कीएका हुन् । २०५० सालमा प्रहरी निरीक्षक पदमा भर्ना हुन उनी सफल भए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट उनले प्रशिक्षण पाए ।
उनलाई नेपाल प्रहरी भन्दा पनि नेपाल आर्मीमा जागिरे हुने रहर थियो । उनका परिवारका प्रायगरी सबै सदस्यहरु नेपाल आर्मीमा छन् । मेरो पनि त्यसैमा इच्छा थियो उनले भने – त्यसका लागि उनले नेपाल राष्ट्र बैंकमा काम गर्दाको बेला नै सेकेण्ड लेप्टिनेन्ट पदका लागि परीक्षा दिएका थिए ।
पछि उनी सेकेण्ड लेप्टिनेण्ट पदका लागि बोलाइएको अन्तरवार्तामा गएनन । बोर्ड परीक्षा म सहभागी भइन उनले भने – म पहिले नै विवाहीत थिए । विवाहीत वालालाई त्यो पदमा लिने गरिएको छैन । उनका सुभचिन्तकहरुले त्यो पदममा नजान समेत सुझाव दिए ।
उनले भने ‘ म बोर्ड अन्तरवार्तामा सहभागी भइन ’– मेरो इच्छा त्यतिकै थाति राखेर म प्रहरीसेवामा आउने इच्छा गरे । त्यसैले यो पेशामा लागेँ । उनका बुवाको इच्छा छोरा सरकारी जागिर बनोस भन्ने नै थियो । तर धेरै टाढा नजाओस भन्ने चाहना पनि उनको बुवाको थियो ।
बैंक पनि सरकारी जागिर नै थियो । घर पाएक जागिर छ भनेर प्रहरीमा जागिर गर्न दिन मानेका थिएनन् । म सँग नेपाल राष्ट् बैंकमा जागिर खाएकाहरु अहिले रिटार हुने बेलामा झण्डै १ करोड रुपैयाँ भन्दा बढी लिएर विदा हुन्छन् । तर मैले त्यो पैसालाई महत्व दिइन । सरकारी नोकरीको इच्छा, इज्जत प्रतिष्ठाका लागि वर्दी सहितको सरकारी नोकरीका लागि म नेपाल प्रहरीमा आए हँ उनले भने ।
समाजमा रहेका विकृति विसंगीतहरु हटाउने प्रमुख भूमिका निर्वाह गर्ने यो पेशा एउटा महत्वपूर्ण पेशा बन्न सक्ने उनलाई विश्वास थियो । त्यही अनुसार निरन्तर रुपमा सभ्य समाजका लागि उनी लड्दै आए । चितवन अपराध गर्नेहरुको टन्जीट पोइन्ट बन्दै गएको थियो । तर अहिले साम्य छ । चितवन पूर्ण रुपमा शान्त छ । यो मैले भन्दा पनि स्थानीयले महशुस गर्ने कुरा हो उनले भने ।
कस्तो चल्दै छ फौजी जीवन –
यो पेशा भनेको विशुद्ध व्यारेक पद्धतीको पेशा हो । प्रहरीको काम, कसरी हुन्छ । व्यक्तिगत जीवन, सामाजिक जीवन कस्तो, हुन्छ भन्ने विषयमा म अनविज्ञ थिए उनले भने । विकृती र विसंगती हटाउने मेरो इच्छा थियो । पहिला समाज ठूलो ठानेँ, समाज सम्भ भयो भने, व्यक्ति पनि सभ्य बन्न सक्छ । त्यसैले म पहिला पेशालाई प्राथमिकता दिए । पेशालाई निरन्तरता दिँए । परिवार सँग बस्न मन लाग्छ, उत्सव, चाडपर्वहरु परिवार सँगै बसेर मनाउन मन लाग्छ । तर पनि मेरा व्यक्तिगत चाहना मात्रै पुरा गर्न तर्फ लागे भने, समाज सभ्य बनाउने जिम्मा कस्ले लिने, त्यसैले पहिला पेशालाई प्राथमिकता दिन्छौं । मेरो परिवारका प्रत्येक सदस्यले मेरो पेशा बुझेका छन् । सबै कुरा परिवार मात्रै होइन यो कुरा मेरो परिवारले राम्रो सँग बुझेका छन् । हामीलाई कुनै अप्ठ्यारो् छैन । हाम्रो आनन्द समाज बनेको छ। हाम्रो खुसी समुदायमा छ । उनीहरु खुसी भए हामी खुसी भए जस्तै लाग्छ । हाम्रो पेशा जनता सँग प्रत्यक्ष जोडिएकाले जुन ठाउँमा जान्छौं त्यहीका स्थानीय सँग घुलमिल गर्ने आदत नै भइसकेको छ । र म यो पेशामा पूर्ण रुपमा सन्तष्ट छु ।
प्रहरी प्रमुख बनेर गर्दा देखापर्ने चुनौतीहरु –
प्रत्यक्ष जनता सँग गएर कामगर्नुपर्ने पेशा भएकाले मान्छे जन्मीए देखि नमरे सम्म प्रत्येक नागरिकलाई प्रहरीले सेवा दिनुपर्छ । हरेक क्षेत्रमा प्रहरीले सरोकार राख्नुपर्ने भएकाले हरेक खालका मान्छे हामी सँग सम्पर्कमा हुन्छन् । कुनै घटनाहरु भए, वा कुनै गतिविधि भए, प्रहरी नै जवाफ देहि बन्नुपर्छ । हरेक कुरामा हामी संवेदनशील हुनुपर्छ । २४ सै घण्टा मानसिक रुपमा हामी तयारी अवस्थामा रहनुपर्छ । कतिपय प्रभाव, दवावद आफै भित्र अभाव हुन सक्छ । दवाव र प्रभाव हामी कति सहने कति कायान्यवन गर्ने हामी आफैमा भर पर्ने कुरा हो ।
यही अभाव ,दवाव र प्रभावका कारण मानसिक थकीत पनि हुन सक्छ । मोबाइल अफ, देखि उनीहरुलाई दिने सेवा सहज तरिकाले रेस्पोन्स गर्नुपर्छ । जिम्मेवार व्यक्ति सम्पर्क बाहिर रहने हो भने कल्पना गरौं हामी जिम्मेवार प्रहरीहरु त्यस पछिको नजिता जे पनि हुन सक्छ । समाजमा विकराल अवस्था उत्पन्न हुन सक्छ । त्यसका कारण जस्तो सुकै समयमा पनि हामी २४ सै घण्टा मानसिक तथा शारीरिक रुपमा तयारी हुनुपर्छ । मेरो मोबाइल कहिलै पनि अफ हुँदैन । यदि कसैलाई समस्या परेमा सिधै मलाई यो ९८५५०१५५५५ नम्बरमा सम्पर्क गर्न सक्ने छन् । म सधै सेवा दिन तयार छु चाहे मध्यरातमा नै किन नहोस । उनले भने ।
सहकुल वहादुर थापा आएपछि चितवनमा के परिवर्तन भयो ?
सबैभन्दा पहिले मैले प्रहरी भित्रनै आन्तरिक सुद्धिकरण गर्ने अभियानमा लागे । १० देखि १५ जना सम्मलाई निलम्बन गरे । भ्रष्टचारप्रति शुन्य सहनशिलता बनाउन तर्फ लागेँ । यो बीचमा १७ वटा साना– हतियार बरामद गर्न सफल भए । गुण्डाहरु नियन्त्रणमा आए । ३ सय किलो भन्दाबढी लागु औषध चरेश गाँजाहरु पक्राउ गर्न सफल भयौं । बजार क्षेत्रका होटलहरुमा खुलेआम हुने गरिएको यौनधन्दा नियन्त्रण गर्न सफल भयौं ।
चितवनमा कुनै पनि व्यसायीहरुबाट अनावश्यक रुपमा उठाइने चन्दाहरु स्वतस्फुर्त रुपमा बन्द भए । अहिले त्यस्ता गुनासो आउन छाडेको छ । अपराधजन्य क्रियाकलापमा न्यूनिकरण भएको छ ।
नयाँ संविधान बनेपछि प्रहरी ( फौजी ) कतिको खुसी छन त ?
– जन आन्दोलन भाग २ पछि संविधान सभाबाट संविधान बनाउने म्यान्डेट आयो । करिब ८ वर्ष सम्म संविधान नबन्दाको अवस्थामा देशमा राजनीतिक अस्थिरता संक्रमणकालको स्थिती थियो । देशको मुल कानुन नबन्दा त्यस अन्तर्गत बन्ने कानुनको अभावले जनतामा अन्यौलता छाएको थियो । स्पष्ट नीति नियम नबन्दा जनतामा पर्ने अस्थिरता मनोभावनाका कारण प्रहरी प्रशासनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पार्यो । हाल नयाँ संविधान जारी भएपछि सम्पूर्ण नेपालीमा संक्रमणकाल हटेको संचार भएको छ । नेपालमा मुल कानुन आएपछि त्यही अनुसार चल्नुपर्छ भनेर प्रहरी प्रशासनमा पनि नयाँ जोश जाँगर उत्साह आएको छ । हामी पनि त्यस अन्तर्गत आउने कानुनलाइै हामी तदारुकताका साथ लाग्छौ । हिजोको दिनजस्तो कन्फुज्युज हुँदैन अब। क्लीएर कट हुनुपर्छ । कानुनी प्रावधानलाई टेकेर प्रहरी अगाडी बढ्न तयार छ ।
चितवनमा प्रहरी प्रशासनलाई चुनौती के छ ?
– सिधै राजधानी सँग पहुँच राख्ने शहरको रुपमा चितवन परिचित छ । पर्यटकीय तेश्रो गन्तव्य देखि बैकल्पीक राजधानी, आर्थिक, भौगोलिक सबै क्षेत्रमा चितवन सम्बृद्ध बन्दै छ । जति विकासले चितवन अगाडी जान्छ त्यति नै हिसावले सुरक्षा दिन प्रहरी प्रशासनलाई चुनौती हुन्छ । यो जिल्लालाई सुरक्षाको हिसावले पनि त्यतिकै बलियो बनाउन आवश्यक छ । पूर्व पश्चिम जोड्ने ट्रान्जीट पोइन्ट भएका कारण राजधानीमा अपराध गरेर यो बाटो भएर भाग्न सक्ने वा जोगिन सक्ने सम्भावना छ । भारतको सीमा समेत नजिक भएका कारण लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । भोली गुण्डा गर्दी बढ्न सक्छ । काठमाण्डौमा ठूलो अपराध गरेर यो ठाउँमा लुक्न सक्छन् । यो पनि चुनौती छ ।
तपाई त गीत पनि लेख्नु हुन्छ नी हगी ?
– पेशा अलावा । गीत, कवितामा पनि कलम चलाउँछु । समय म सँग प्रयाप्त छैन । राती ११ बजेपछि मैले लेख्छु प्राय । २०५८ सालदेखि मैले गीत लेख्न थालेको हुँ ।  ५ वटा गीत रेकड पनि भइसकेका छन् । त्यसमा कर्णदास, सुक्मीत गुरुङ, प्रवेशमान शाक्य, स्वरुप राज आचार्यले मैले लेखेको गीत गाएका छन् । चितवनमा कम लेख्छु । समाचारहरु समेत पढ्ने फुर्सद हुँदैन चितवनमा । त्यैपनि २ वटा भन्दाबढी गीत चितवन आएपछि लेखेको छु । छिट्टै गीत कम्पोज गरेर रेकडीङ गराउने तयारीमा छु ।
मैले लेखेको गीतहरु खासगरी सेन्टीमेन्टल हुन्छ । भावनात्मक हुन्छन् । अधिकांश गीतहरु प्रकृती र प्रेम सँग जोडिएका हुन्छन । म जुम्लामा रहदा जनयुद्धको बेला अलिकति बढी फर्सद मिलथ्यो । फुर्सद भएका बेला मेले लेखेको गीत कर्णदास र स्वरुपले गाएका छन् । ( कसम खाए मैले तिमीलाई धोका दिन्न, जीवन भन्दा प्यारो साथी अब कहिलै छुटिन्न बोलको गीत औधी मन पर्छ । मनभरी चोटबोकी कसरी म हाँसु, रुदा रुद्धै मोरी सके मोति सरी आँशु यो गीतले मलाई अतितका यादहरु दिलाउँछन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page