१० असोज, काठमाडौं ।
एमाओवादी जन्माउने देखि जनयुद्ध हुँदै संविधान सम्म ल्याउन अग्रणी भूमिका खेलेका नेता डा बाबुराम भट्टराईले पार्टी छोडेपछि चौतर्फी तरंग देखिएको छ ।
प्रचण्डलाई बाबुरामको विदाइ डाइलग- के भन्न खोजेका हुन् बाबुरामले
एमाओवादीका कार्यकर्ता देखि अन्य पार्टीका नेता कार्यकर्ताले समेत बाबुरामको पार्टी परित्यागमा प्रतिक्रिया जनाएका छन् ।
टिप्पणीकार खगेन्द्र संग्रौलाको टिप्पणी
सामाजिक सञ्जालमा बाबुरामको विषयमा धेरैले स्टेटस लेखेका छन् । उनलाई गाली गर्नेहरु र उनीप्रति अझै पनि आशा देखाउनेको संख्या पनि उत्तिकै छ ।
हास्य कलाकार दीपकराज गिरीले बाबुरामको निर्णयलाई लंकाका राजा राबणका भाइ विभिषणको निर्णयसँग तुलना गरेका छन् । विभिषण सही भएपनि उनी देशद्रोही ठहर भएको उनको संकेत छ ।
बाबुरामले पार्टी र कार्यकर्तालाई गम्भिर घात गरेको र भारतको इसारामा राजिनामा गरेको भन्ने देखि उनले अझै पनि देश बनाउन सक्ने र उनी नेता भएको भन्नेहरु समेत छन् ।
एमाले सचिव योगेश भट्टराईले बाबुरामलाई भनेका छन्- ‘बाबुराम दाई यहि रोकिनुहोस, ठन्डा दिमागले सोच्नुहोस, अनि पछि फर्कनुहोस् , राजनीतिमा पछि फर्कनु पनि अघि बढ्नु नै हो ।’
बाबुरामका शुभचिन्तकहरुको प्रतिक्रिया अलि फरक छ । उनलाई अझै पनि आशा गर्नेको संख्या पनि देखिएको छ ।
बाबुरामका खरो आलोचक मानिने पत्रकार कनकमणि दीक्षितले बाबुरामले जनयुद्धका लागि क्षमा नमागीकन राजिनामा दिएको टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘पार्टी परित्याग गर्दा बाबुराम भट्टराईले धेरै कुरामा प्रतिबद्धता जनाए, तर कानुनी राज र मानव अधिकारमा अहँ । न त ‘जनयुद्ध’ मच्चाएकोमा माफी मागे आम जनता संग । ‘नया शक्ति’ पार्टीको शुरुवात ‘जनयुद्ध’को लागि क्षमायाचना बेगर कसरी सम्भव होला, बुझिएन।’
एमालेका अर्का नेता शंकर पोखरेलले भने बाबुराममाथि ब्यङ्ग्य गर्दै उनले भारतको इसारामा पार्टी छोडेको संकेत गरेका छन् ।
एमाले नेता शंकर पोखरेलेको टिप्पणी
गायिका रोमा न्यौपानेको स्वागत सहितको स्टेटस
वाइसिएलका काठमाडौं संयोजक दीपशिखाको टिप्पणी
उनले भनेका छन् ‘ डा. बाबुराम भट्टराईका विरोधीहरुलाई लाग्ला आयाराम गयाराम हुन् बाबुराम । म उनको अन्ध समर्थक हैन तर पनि भन्छु, आयाराम गयाराम हैनन् बाबुराम । नेपालमा अर्कालाई खसाल्न नानाथरिका फतुर लगाइन्छ, बाबुराम पनि त्यस्ता फतुरबाट बचेका छैनन् । उनलाई लगाइने सबैभन्दा ठूलो फतुर हो, उनी भारतपरस्त हुन् । उनले पार्टी परित्याग गरेको बेला आफूलाई भारतपरस्त भन्नेहरुलाई यस्तो जवाफ दिएछन्, भारतको विरोध गरेरै नेपालमा राष्ट्रवादी भएर राजनीति गर्ने दिन गए । भारतसँग समानताका आधारमा सहकार्य गरेर मात्र नेपालको राष्ट्रियता दीगो हुन्नेछ । मुलुक फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन । अरुलाई गाह्रो होला तर मलाई यो सत्य स्वीकार्न गाह्रो छैन ।