भारतीय भुमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा

१० असोज, काठमाडौं ।
नेपालतर्फ सुरक्षा कडाइ गरिएपछि तराई–मधेसमा आन्दोलनरत पार्टीका कार्यकर्ता भारतीय भूमि उपयोग गर्दै नाका अवरोध गरिरहेका छन्। पारिबाट नेपालतर्फ सुरक्षाकर्मीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरिरहे पनि भारतीय पक्षबाट कुनै आपत्ति जनाइएको छैन।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता–कार्यकर्ताले नेपालगन्ज, वीरगन्ज, भैरहवा, विराटनगरलगायत भन्सार नाका अवरोध गर्न नेपालकै भूमि प्रयोग गर्दै आएका थिए। चार दिनयता भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन नेपालतर्फ सुरक्षाकर्मीले कडाइ गरेपछि उनीहरु शनिबारबाट पारि गएर धर्ना बसेका छन्।
madhesh andolan
फाइल तस्विर
प्रदर्शनकारीले सीमामा रहेका सुरक्षाकर्मीलाई पारिपट्टि बसेर ढुंगामुढा गरेकाले नाकाको अवरोध हटाउन अप्ठेरो भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
‘नेपालकै भूमिमा भएको अवरोध हटाउन सुरक्षा सतर्कता बढाएपछि प्रदर्शनकारीले भारतीय भूमि प्रयोग गरिरहेका छन्,’ ढकालले भने, ‘भारतीय भूमि प्रयोग गरेर नेपालतिर बसेका सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेका छन्, उता (भारत) का सुरक्षाकर्मीको असहयोगका कारण अवरोध हटाउन समस्या देखियो।’
जमुनाहा नाका (नेपालगन्ज) अवरोध गर्न रुपैडिहामा बसेका प्रदर्शनकारीलाई शनिबार सीमामा खटिएको भारतीय सुरक्षा बल (एसएसबी) ले सहयोग पुर्यारएको सूचना गृहको केन्द्रसम्म आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले एसएसबीका स्थानीय अधिकारीसँग छलफल गरेका थिए। आजको नागरिकमा खबर छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page