देशको सहिद,राजनितीक परिवर्तनका सहिद र सरकारी सहिदहरुलाई विभाजित गरि बेग्लाबेग्लै सम्मान दिनु पर्दछ।
सहिद दिवसमा हामिले चार सहिदहरुलाई मात्र सम्झेर पुग्दैन । हाम्रो देशमा भारतले जे गर्यो त्यहि पछ्याउने चलन छ कसरी भने भारतमा ईन्डिया गेट छ भने हाम्रोमा सहिद गेट। राणा शासन विरुद्ध आन्दोलन गर्ने र ज्यानको बलिदान दिने चार सहिदप्रति हार्दिक श्रद्धा सुमन भन्दै उच्च सम्मान प्रकट गर्न चाहन्छु। तर त्यसपछि वा त्यसभन्दा अगाडि पनि थुप्रै नेपालीहरुले आफ्ना ज्यान को बलिदान दिएर थुप्रै आन्दोलन र क्रान्ति हरुमा वीरगति प्राप्त गरे तर उनिहरुलाई सम्झनको लागि भनेर कहि कतै कुनै ठाँउमा न त पार्क न त कुनैठाँउलाई नामांकित गरियो।
नेपाल निर्माता पृथ्वीनारायण शाहको पाला देखि अहिलेको प्रम शेर बहादुर देउवाको पाला सम्म जति पनि सरकारि तलब खाने कर्मचारीहरु जो जसले सरकारको आदेश पालना गरि आफु सहिद हुनपनि पछि नपरि आफ्नो ज्यान गुमाए तिनिहरुको पनि त नेपाल सरकारले उच्च मुल्यांकन गर्नु जरुरी छ। सबैजनाको नाम,घटना, वर्ष र विवरणहरुलाई पढ्ने पुस्तकमा लेख्न जरुरी छैन तर कुनै विशेष सहिदहरुलाई सम्झने भनेर बनाईएको ठाँउमा लेखियोस जहाँ उनिहरुका सन्तति र सर्वसाधारणहरु आएर सहिद दिवसमा मैनबत्ती बालेर उनिहरुप्रति श्रद्धा सुमन र सम्मान व्यक्त गरून्।
र राजनितीक परिवर्तनका लागि सहिद हुनेहरुपनि थुप्रै छन नेपालमा जस्तै नेपाली कांग्रेसको स्थापना देखि अहिलेसम्म पार्टीमा लागि आफ्नो ज्यान गुमाउनेको नाम उनिहरुकै केन्द्रीय पार्टी अफिसमा विवरणसहित कसैलाई पनि नछुटाईकन सुचिकृत गरियोस र त्यस्तै राप्रपा, नेकपा एमाले,माओवादि,समाजवादि,जसपा,लोसपा आदि हरुले पनि आ-आफ्नै केन्द्रीय पार्टि अफिसमा त्यसैअनुसार अनुसरण गरून्।
सारा नेपालीले थाहा पाउनुपर्छ कुन पार्टीको कति जना सहिद छन भनेर तब बल्ल ती पार्टीका नेताहरुमाथि थप जिम्मेवारी को बोध सम्झनामा आइरहनेछ।
देशको सहिद,सरकारी सहिदहरु र राजनितीक परिवर्तनका सहिदहरु भनेर अब छुट्टाउनु पर्ने अवस्था आउन सक्छ।
किनभने जसरी सहिद गेटमा भएका चार सहिदहरुले राणा शासन फालेर राजा सहितको प्रजातन्त्र ल्याउन सहिद भए त्यसरी नै पृथ्वीनारायण शाहले हाम्रो देश नेपाल निर्माण गर्दा आफु सहिद भए र राजा त्रिभुवनले देशमा प्रजातन्त्र ल्याए तर जब देशमा राजनितीक परिवर्तन आयो तब उनिहरुको योगदानलाई बिर्सिएर जसरी उनिहरुको सालिक भत्काईए वा भत्काउन लगाइए यदि त्यसरी नै हेर्ने हो भने देशमा अहिले गणतन्त्र आइसकेकोले यी प्रजातन्त्रको लागि सहिद भएका यी चार सहिदको सालिकलाई पनि त्यसरी नै भत्काईदिए भने के हुन्छ त?
त्यसैले साच्चिकै देशको सहिद को को हुन,सरकारी सहिद को को हुन र राजनितीक सहिद हरु को को हुन विभाजित गर्न जरुरी छ नत्र भने भविष्यमा ईतिहास पढ्नेहरुलाई भ्रम बाहेक अरु केही रहनेवाला छैन।
सहिदलाई लिएर राजनिती गर्न बन्द गर। भएका सहिदका सपना साकार गर, उनिहरुको परिवारको ख्याल गर।
हाम्रो देश नेपाललाई सहिद पुगिसकेको छ त्यसैले अब सहिद उत्पादन बन्द गर।
जय नेपाल
रचन कार्की
🙏🇳🇵🌳