जिल्ला स्तरीय नेताहरुले राजनिती मात्र बुझेर हुदैन कुटनीतिपनि जान्नु पर्छ , त्यसको लागि आन्तरिक राजनीति र बाह्य कूटनीति स्थायी, भरपर्दो र दरिलो हुनुपर्छ ।


 राजनीति र कूटनीतिमा साम, दाम, दण्ड, भेद, समय, परिस्थिति, व्यक्ति, मित्र, शत्रु हेरी राजनेताले प्रयोग गर्न सक्नुपर्छ ।

कसलाई कुन बेला कस्तो नीति प्रयोग गर्नुपर्छ भन्ने कुरा नीतिशास्त्रको केही ज्ञान भएकालाई मात्र थाहा हुन्छ । नीतिको क्षेत्र विस्तृत छ । नीतिहरू निर्माण गर्नसक्ने बुद्धिको विकास गर्न केही मूलभूत विषयको अध्ययन र ज्ञान हुनु अनिवार्य हुन्छ ।
अहिलेको अवस्थामा सैन्यशक्ति भन्दा आन्तरिक राजनीति र अर्थनीति स्थायी र बलियो तथा बाह्य कूटनीति भरपर्दो र दरिलो भए नेपालजस्तो प्राकृतिक स्रोत र साधन भएको देशको भविष्य उज्ज्वल हुनेमा कुनै शंका छैन ।
नेपालको इतिहास हेर्दा अंग्रेजसँगको लडाइँ र विसं १८७२ को सुगौली सन्धिपछि राजनीति र कूटनीति नजानी नहुने रहेछ भनेर संस्कृत भाषाका चाणक्यनीति, हितोपदेश, विदुरनीति, शूक्रनीति, महाभारत, भागवतगीता इत्यादि कैयौं पुस्तक नेपालीमा अनुवाद गरी त्यस बेलाका सबै निकायका नेतृत्व र सर्वसधारणलाई पनि पढ्न र पढाउन प्रोत्साहन गरिएको पाइन्छ ।
केही वर्षयता राज्यको संवेदनशील निकायका जिम्मेवार र विभिन्न उच्च जिम्मेवारी पाएका व्यक्तिबाट विभिन्न आलेख र भाषणमा समेत विभिन्न समय र परिस्थितिवश राजनीति र कूटनीति प्रयोग गर्दा भए—गरेका गोपनीयताका कुरा छरपष्ट हुने गरेका छन् । यसले नेपालको भोलिको राजनीति र कूटनीतिमा के कस्तो प्रभाव पर्ला, विचारणीय छ ।
२०७८ चैत २२ गते चितवनमा भएको पाँच दलिय चुनावी आम सभामा प्रधानमन्त्री शेर बहादुर देउवा र पुर्व प्रधानमन्त्री भईसकेका वक्ताहरुले प्रोटोकलमा अडिएर गोपनीयता खोलेनन्    तर जनतालाई धेरैथोरै ईसारामात्र दिए, बुझ्नेले बुझेका होलान् तर ति बुझ्नेहरुले अरुलाई बुझाउन कोसिस गर्लान वा नगर्लान त्यो उँहाहरुको कुरो हो।
भनिन्छ, राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन, जे हुन्छ त्यो देखिँदैन । यही भनाइको नियतिमा नेपाली राजनीति दशकौँदेखि चलिआएको छ, र अहिले पनि त्यसकै निरन्तरता छ ।
एकातिर कोरोनाले खत्तम भएको आर्थिक उन्नति,देशलाई समृद्ध बनाउन पास गरिएको एमसिसि परियोजनालाई कार्यनयन गर्न चुनौती अर्कातिर छिमेकीसँगको सीमा विवादको सामना गर्न सबै एकजुट भएर आन्तरिक रणनीति तयार गर्नुपर्ने र संविधान र देशलाई खतरामा पार्न चाहने तत्वहरुलाई शक्तिमा जान रोक्नुपर्ने बेलामा अहिले पुनः राष्ट्रिय राजनीतिमा भित्रभित्रै खिचडी पाक्नु र नक्कली राष्ट्रवादी तत्वहरुलाई फाईदा पुग्नेखालको षड्यन्त्रमा सामेल हुनपुग्नु विडम्बनापूर्ण छ ।


खेतबारी बाँझै छन्, युवाजति विदेश, रेमिट्यान्सले धानेको घरपरिवार, वैदेशिक शिक्षा र रोजगारीको फुर्तीमा अडेको सामाजिक हैसियत । पढाइ लेखाइ शून्य, व्यापार ठप्प, सबै कुरा लथालिङ्ग भएको बेला समग्र देशलाई चलाउनपर्ने बेला चितवनका नेता कार्यकर्ताहरु जिल्लास्तरीय गुनासा र असन्तुष्टिमा अड्किएर पोखरीको भ्याकुता बन्नु हुदैन।
भनिन्छ, देशको राजनीति र कूटनीति एक सिक्काका दुई पाटा हुन् । त्यसैले जिल्ला स्तरीय नेताहरुले राजनिती मात्र बुझेर हुदैन कुटनीतिपनि जान्नु पर्छ , त्यसको लागि आन्तरिक राजनीति र बाह्य कूटनीति स्थायी, भरपर्दो र दरिलो हुनुपर्छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page