राप्रपा नेपाल आन्दोलनमा



काठमाडौं, (नेस), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा विघटन गर्न दबाब आन्दोलनलाई तीव्रता दिने भएको छ। 

संविधानसभाको म्याद थप्ने तयारी भइरहेका बेला त्यसको विरोधमा संघर्षको कार्यक्रमसमेत घोषणा गरिएको छ। अध्यक्ष कमल थापाले बुधबार पत्रकारसँग कुरा गर्दै संविधानसभाको पुनः म्याद थप गर्ने काम असंवैधानिक जनभावनाविपरीत र अप्रजातान्त्रिक भएको भन्दै ताजा जनादेशमा जानुपर्ने बताउनुभयो। 

उहाँले विभिन्न जिल्ला प्रशासन कार्यलयमा मंसिर १० गते धर्ना दिई आमसभा गर्ने जानकारीसमेत दिनुभयो। राप्रपा नेपालले राज्य पुनःसंरचनाका लागि संविधान संशोधन गरी विज्ञ समूह बनाउने तयारीप्रति पनि आपत्ति जनाएको छ। संघीयता जस्तो महत्वपूर्ण विषयलाई राजनीतिक खेलवाडको विषय नबनाई जनमतसंग्रहबाट टुंगो लगाउन अध्यक्ष थापाले सचेत गराउनुभयो।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page