पृथ्वीनारायण शाह र संघीयता



पृथ्वीनारायण शाह र संघीयता


अहिले पृथ्वीनारायण शाहलाई साम्राज्यवादीको पगरी गुथाएर हिंस्रक शासकको उपाधि दिइँदैछ। वास्तवमा यो इतिहासलाई बंग्याउने काम हो। विशेषतः गणतन्त्र स्थापनापछिको यस्तो दुष्प्रचारविरुद्ध इतिहासविद्हरूले मुख नखोलिदिएका कारण पनि गलत विचारले प्रश्रय पाइरहेको छ।

मुलुकको भावनात्मक एकीकरण भइनसकेको अवस्थामा पृथ्वीनारायण शाहले हिंसाको प्रयोग गरेर एकीकरण गरे भन्ने सवालमा सत्यता हुनसक्छ। तर, त्यसभन्दा अगाडिका टुक्रे राज्यका राजाहरू दूधले धोएका चोखा थिए भन्ने प्रचार पूरै गलत हो। अध्ययन नै नगरी पृथ्वीनारायण शाहमाथि दोष थोपर्नु युक्तिसंगत होइन। इतिहासलाई तोडमरोड गरेर तत्कालीन गोरखा राज्यलाई सराप्ने वर्तमान स्कुलिङ्ले इतिहासप्रति नै अन्याय गररिहेको छ। एकीकरणले मात्र सांस्कृतिक रूपमा यस मुलुकलाई गोरखाको उपनिवेश बनाएको होइन। सांस्कृतिक उपनिवेश र जातिगत सत्ता टुक्रे राज्यहरूमा पनि थिए।

एकीकरण अभियानमा टुक्रिएका राज्यहरू जितेपछि विजेता राज्य मातहत राख्ने अभियान किराँतकालदेखि लिच्छविकाल हुँदै शाहकालसम्म आएको हो। टुक्रिएका राज्यहरूले पनि आ-आपmनै किसिमका एकीकरणको अभियान चलाएका थिए। त्यसैगरी, उपत्यकाका राजाहरूले पनि अभियान थालेका थिए। सिम्रौनगढका राजा नान्यदेवले काठमाडौँ र भादगाउँ कब्जा गरी राज्य गरे। भारतको कणर्ाटकसँग रगतको साइनो भएका नान्यदेवलाई नेवारहरूको पुर्खाका रूपमा लिने इतिहासकार पनि छन्। उनको अभियानलाई पृथ्वीनारायण शाहसम्मको एकीकरणको ऐतिहासिक विकासक्रम मान्नुपर्ने हुन्छ।

काठमाडौँ, भादगाउँ, पाटन, सिम्रौनगढ, जुम्ला, पाल्पा, बाइसे-चौैबीसे, गोरखा आदि सबै त्यसताका सामन्तवादकै रूपमा थिए। ती सबै राज्यहरूमा जातीय वर्णव्यवस्था, जातीय भेदभाव, भाषा र संस्कृतिको भेदभाव थियो। त्यसमा पनि हिन्दुहरूको जात विभाजनको प्रभाव काठमाडौँ उपत्यकामा ज्यादै थियो। चौधाँै शताब्दीमा उपत्यकाका राजा जयस्थिति मल्लले सिंगो नेवार समाजलाई मैथिल बाह्मणको सहयोगमा ६४ जातमा विभाजन गरे। त्यो विभाजनको पीडा अहिलेसम्म कायम छ। किराँतीहरूमा पनि जात विभाजन छ, तामाङमा जात विभाजन छ, थारूमा छ, गुरुङमा छ, मैथिली, अवधि र भोजपुरी बोलिने क्षेत्रमा हिन्दुस्तानको प्रभाव हुबहु नै छ।

यो जात विभाजनबाट उब्जेका समस्याहरूको दोष पृथ्वीनारायण शाहलाई मात्र दिने कि तत्कालीन अन्य सामन्ती राजाहरूलाई पनि दिने भन्ने सवाल खडा भएको छ। एकीकरणको प्रयास यक्ष मल्लले पनि गरे। यस प्रयासलाई विस्तारवादी प्रयास भन्ने कि नभन्ने त्यो पनि खोज्नुपर्ने भएको छ।

आर्थिक लाभ र धार्मिक कारणबाट मुख्यतः त्यतिखेर राज्यहरूबीच लडाइँ हुने गरेको थियो। तत्कालीन सबै राज्यहरूमा रोग, शोक, भय, असमानता, जातीय विभेद, शोषण, दमन गोरखा राज्यमाजत्तिकै थियो। सबैको अधिपति भएर बस्नका लागि चाहिने स्रोत र साधनका खोजीमा पृथ्वीनारायणजत्तिकै अन्य तत्कालीन टुक्रिएका राजाहरू लालायित नै थिए। त्यस लालसालाई पृथ्वीनारायण शाहले मूर्तता दिन सके, अन्यले सकेनन्। फरक यति मात्र हो।

पर्वते बाहुनप्रति झाँेक, मिथिला राज्यको हिन्दु प्रभावप्रति झोँक, पृथ्वीनारायणको एकीकरण प्रयासविरुद्धको झोँकले उपत्यकाका तत्कालीन राजाहरूले इस्ट इन्डिया कम्पनीसँग सुमधुर सम्बन्ध राखे। इतिहासकारले सूक्ष्म अध्ययन गर्छन् भने तत्कालीन उपत्यकाका शासकले इस्ट इन्डिया कम्पनीको आडमा विजय अभियान सुरुवात गराउने नियत त थिएन भन्ने प्रश्नको उत्तर पाउन सक्छन्। भावनात्मक एकीकरणका सवालमा केन्द्रीकृत राज्य व्यवस्थाको मात्र दोष थियो कि सनातनदेखि बोकी आएको धर्म, संस्कृति, जात-जाति छुवाछूतको पनि दोषी थियो? त्यतातिर ध्यान दिने कि नदिने?

पश्चिमाहरूको प्रजातीय राष्ट्रवादभित्र हामीले हाम्रो राष्ट्रवाद खोज्नु हुँदैन। डलरको खेतीमार्फत राष्ट्रवाद खोज्ने हो भने २ सय ३८ वर्षअघिको छिन्नभिन्न नेपालमा हामीलाई पुर्‍याउँछ। यसको अर्थ २ सय ३८ वर्षको शासन प्रजातान्त्रिक थियो, शोषणविहीन थियो, सामन्तवादविरोधी थियो, जातिविशेषको मात्र शासन थियो भन्ने खोजिएको होइन। ज्यादतीको इतिहास त हामी सबैसामु छ। ज्यादतीभन्दा एकीकरणको अभियान, इस्ट इन्डिया कम्पनीबाट नेपाललाई भारतमा विलय गराउने योजना विफल बनाएकामा आधुनिक नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई कदर र सम्मान गर्नुपर्छ। त्यस कदमको सम्मान गर्दा राजतन्त्रको सम्मान र कदर बुभmनु हुँदैन। राष्ट्रिय चिनारी र पहिचानको आधार स्तम्भ भनेको देशको सिमाना र नागरकिता रहेको कुरालाई बिर्सन सकिँदैन। अमेरकिालगायत संघीयतामा गएका देशहरूले छुट्टाछुट्टै रहेका राज्यहरूलाई संघभित्र गाभेका छन्। तर, हामी सिंगो नेपाललाई समयको माग अनुरूप एकात्मक राज्यलाई रूपान्तरण गरेर संघीयतातिर जान उन्मुख छाँै।

संघीयता र पृथ्वीनारायण शाहको नेपाल राज्यको विस्तार र एकीकरण परस्पर विरोधी तत्त्व होइनन्। गोरखा राज्यको नभई नेपाल राज्यको नामकरणले उनले ऐतिहासिक तथ्यलाई भुलेको देखिँदैन। पराजितहरूसँग गरेका व्यवहारले उनको आलोचना गर्ने ठाउँ पनि प्रशस्त छ। साम, दाम, दण्ड, भेद, छलछाम, कूटनीतिको घोलन गर्दै विस्तार अभियानलाई उनले मूर्तता दिन सकेका हुन्। संघीयता भनेको वर्तमान निराशालाई आशामा परण्िात गर्न सक्ने सम्भावना बोकेको अवधारणा हो। संघीयताबाट केही हुन्छ कि भन्ने दलित, उत्पीडित, भाषिक, जनजाति र परविर्तनकामी शक्तिले देखेको एउटा सपना हो। संघीयतामा जानका लागि पृथ्वीनारायण शाहलाई सरापी राख्नुपर्दैन।

भावनात्मक एकताबिना जातजातिका नाममा, भाषाका नाममा संघीयताको अवधारणाले राष्ट्र बन्न चाहिने पूर्वाधार निर्माण गर्ने सोच-चिन्तन आज प्रबल भइरहेको छ। राष्ट्र राज्यभन्दा परष्िकृत हुन्छ। नेपालको उत्पत्तिदेखि आजसम्म नेपाल राज्यभन्दा पर जान सकेको छैन। राष्ट्र बनाउनका लागि राज्यभन्दा माथि उठी परष्िकृत भावनात्मक एकताको आवश्यकता छ। नेपालको भौगोलिक एकीकरणले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक मानवोचित एकीकरण भएन। एकीकरण जबरजस्ती वा ऐन-कानुनले मात्र हुँदैन। त्यसमा नेपाली नागरकिमा भावनात्मक एकता जागृति हुनुपर्छ।

जातीयताको चिनारीमा सांस्कृृतिक तत्त्वले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ भने राष्ट्रियताको चिनारी सार्वभौमिकता हो। जातीय राष्ट्रवाद नेपालका लागि सबभन्दा खतरनाक अवधारणा हो। राज्यसत्तामा जातिविशेषको मात्र पहुँच रहेको अवस्थामा जातीय आन्दोलन राज्यका अवयवहरूमा पहुँच पुर्‍याउनका लागि हुनुपर्छ। नाराले आदिकालदेखिको शोषण, अन्याय, अत्याचारको अन्त हुँदैन। त्यो अन्त गर्नका लागि नाराका अभियन्ताहरूमा निःस्वार्थ राष्ट्रप्रेम, जनप्रेम हुनुपर्छ। कामना गर्नैपर्छ, नेपाली जनता एउटा क्रूर शासकीय यन्त्रबाट बल्लबल्ल मुक्त भएका छौँ। फेर िअर्को नाममा त्यस्तै क्रूर, भयानक, जल्लाद किसिमको शासन व्यवस्था र छिन्नभिन्न नेपाल देख्न नपरोस्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page