नेपाल हतियारको ट्रान्जिट, चिनियाँ हतियार भारतीय अपराधीका हातमा

२२ असार, काठमाण्डौं । कञ्चनपुरकेा दक्षिणी क्षेत्रबाट तस्करले हतियार ओसारपसरा गर्ने गरेको पाइएको छ । चीनबाट ल्याइएका हतियार तस्करले भारतीय अपराधीसम्म पुर्‍याउने गरेका छन् ।
भारतीय अपराधी गिरोहले नेपाली तस्करसँग चीनबाट ल्याएको हतियार किन्ने गरेको स्रोतले बतायो । भारतबाट रक्त चन्दन, बाघको छाला र वन्यजन्तुका अंग चीनसम्म पुर्‍याउृन क्रिायशील तस्करले चिनियाँ हतियार भारत पुर्‍याउने गर्दछन् । हिउँदमा अन्य वस्तुको तस्करी गर्ने तस्कर वर्षा सुरु भएसँगै हतियारको तस्करीमा लाग्ने गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार बर्षायाममा सुनसान हुने दक्षिणी नाकामा हतियारको कारोबार गर्ने तस्करको सक्रियता बढ्ने गर्छ । बझाङको काँडा र दार्चुलाको व्यास गाविस हुँदै चीनको ताक्लाकोटबाट आयात हुने हतियार कञ्चनपुरको दक्षिणी क्षेत्रका बेलौरी र त्रिभुवनवस्ती नाका भएर भारत पुग्ने गरेको नयाँ पत्रिकामा खबर छ ।
हतियार तस्करीमा प्रहरीका उच्च अधिकारीको संलग्नता भएको समेत स्रोतले बताएको छ । ‘हतियार आयत हुने कुरा प्रहरीका डिआइजीसम्मलाई थाहा हुन्छ,’ स्रोतले भन्यो, ‘उच्च अधिकारीकै मिलेमतोमा हतियारको तस्करी हुने भएकाले तस्कर पक्राउ पर्दैनन् ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्षेत्रीय प्रमुखले कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुने हतियारबारे प्रत्यक्ष जानकारी राख्ने स्रोतको भनाई छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page