भरतपुर । वेवारिसे अवस्थामा फेला परेका शवहरुको व्यवस्थापन हुन नसक्दा भरतपुर अस्पताल दुर्गन्धित भएको छ । असार महिनाभित्र विभिन्न समयमा वेवारिसे अवस्थामा फेला परेका ११ वटा शव भरतपुर नगरपालिकाले व्यवस्थापन नगर्दा भरतपुर अस्पताल क्षेत्र दुर्गन्धित बनेको हो ।
बिरामी र कुरुवाले दुर्गन्धित लाशको बारेमा गुनासो गरेपनि सम्बन्धित निकायले यसको व्यवस्थापनमा चासो दिएको छैन । भनपाका कार्यकारी अधिकृत नारायण सापकोटाले केही दिनमै वेवारिसे शव व्यवस्थापन गर्ने बताउनुभयो । नगरपालिकाले शव व्यवस्थापनका लागि ठाउँ नभएको बताउँदै आएको छ ।
भरतपुर अस्पतालमा रहेको शवगृहमा शव राख्नका लागि ६ वटा आइस च्याम्बर रहेको छ । एउटा च्याम्बरमा एउटै मात्र शव राख्नुपर्नेमा दुईसम्म शव राखिएको छ । ४ वटा शव च्याम्बर बाहिर नै राखिएको छ ।