अमेरिकाको वासिंगटन राज्यका गवर्नर जे इन्सलीले नेपाली मुलका मोहन गुरुङलाई एसियन प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नियुक्त गरेका छन् l ४० वर्षको इतिहासमा पहिलो पटक उक्त पदमा मनोनित हुने पहिलो नेपाली मुलका गुरुङ सियाटल वाशिंगटनमा बसोबास गर्छन।
गुरुङले आफ्नो जीवनवृत्त चिकित्सा क्षेत्र अन्तर्गत बीर अस्पतालमा झन्डै डेढ दशक सेवा पुर्याएका थिए भने अतिरिक्त समयमा अनुसन्धान प्रतिस्ठानमा संलग्न भएका थिए l १९९९ मा नेपाल सियाटल समाज स्थापना गर्दै हाल बिभिन्न संस्थासंग आबद्ध रहेका गुरुङ हाल सपरिवार अमेरिकामा छन् l
बिगतमा नेपाल सरकारबाट रामेछाप र उदयपुरमा भएको भूकम्पमा मानवीय सहायता गरे वापत सम्मानित भएका थिए भने उत्तर पश्चिम एसियन साप्ताहिकबाट उच्च सहयोग गरे वापत सम्मानित भएका छन l ३२ वर्षको इतिहासमा यो सम्मान पाउने मोहन गुरुङ पहिलो नेपाली बनेका छन् l