सार्क सम्मेलन राष्ट्रिय सभागृहमा

sava
काठमाडौं , असार १५ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन राष्ट्रिय सभागृहमा हुने निश्चित भएको छ । परराष्ट्र र सहरी विकास मन्त्रालयको टोलीले विभिन्न चरणमा अध्ययन अनुसन्धान गरेपछि सम्मलेन स्थलका रूपमा यसको छनोट गरी महानगर- पालिकालाई सभागृहको मर्मत सम्भारमा सहयोग गर्न अनुरोध गरेको छ ।
सहरी विकास मन्त्रालयका प्रतिनिधिले सुरक्षा र अन्य हिसाबले पनि सभागृह उपयुक्त भएकाले यसको छनोट गरेको बताए । 'सम्मेलन स्थलको छनोट भएपछि हामीले मर्मत सम्भारको काम समेत थालिसकेका छौं,' उनले भने, 'तर मर्मत सम्भारको पूर्ण जिम्मा महानगरको होइन ।' महानगरले पार्किङ स्थलको व्यवस्था, बगैंचा निर्माण, पानीका फोहराको मर्मतलगायतको काम सुरु गरेको हो । साउन १५ देखि सभागृहमा कुनै पनि कार्यक्रम हुन नदिन पनि परराष्ट्र मन्त्रालयले महानगरपालिकालाई निर्देशन दिएको
छ । मर्मतका बेला कार्यक्रम आयोजना पूर्णरूपमा बन्द गर्ने काफ्लेले बताए । 'मर्मतका लागि दुई महिना बढी समय लाग्ने भएकाले बन्द गर्न लागेका हौं,' उनले भने । महानगरले पनि मर्मतका लागि २ करोड रुपैयाँ भवन विभागलाई सहयोग गर्ने मौखिक सहमति पनि भइसकेको उनले जनाए । सभागृह पूर्णरूपमा जीर्ण भइसकेको भन्दै उनले मर्मत सम्भारका लागि करिब ८ करोड रुपैयाँ लाग्ने बताए ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page