जेठ २१-नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेटबाट पूरानो बानेश्वर जाने बाटोमा आज बिहान भेटिएको शंकास्पद वस्तुले त्यस क्षेत्रमा केही बेर तनाव उत्पन्न गराएको छ । झोला भित्र तार जोडिएको प्रेसर कुकर देखिएपछि बम रहेको आशंकामा सुरक्षा निकायले त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यस कारण केही घण्टा त्यस क्षेत्रमा आवत जावत समेत रोकिएको थियो ।
नेपाली सेना र प्रहरीको टोलीले अनुसन्धान गर्दा तर्साउनका लागि त्यहाँ खाली कुकुर राखिएको भेटिएको बानेश्वर वृतका डिएसपी रमेशकुमार तामाङले बताउनुभयो । घट्नास्थलमा विभिन्न ९ बुँदे माग सहितको दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ । सेनाले सो शंकास्पद वस्तुलाई नष्ट पारेको छ । केहीबेर अवरुद्ध भएको यातायात पनि अहिले सुचारु भएको छ ।