चितवन, माघ २५,
नेपाल सुनचाँदी व्यवसायी महासंघको दोस्रो साधारणसभा पहिलो पटक चितवनमा हुने भएको छ । फागुन १ र २ गते चितवनको पर्यटकीय नगरी सौराहामा हुन लागेको वार्षिक साधारणसभाको उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान श्रेष्ठले उद्घाटन गर्ने आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
वि.सं २०४४ सालमा स्थापना भएको महासंघले अघिल्लो वर्ष राजधानीमा गरेकोे कार्यक्रम यो वर्ष चितवनमा गर्न लागेको सम्मेलनमा बताईएको छ । महासंघमा नेपालभरी करिव १५ हजार व्यवसायी आवद्ध रहेका छन् भने चितवनमा करिब तीन सय व्यवसायी आवद्ध महासंघ चितवन शाखाले जनाएको छ । सुनचादी व्यवसायी संघ चितवनका अध्यक्ष विपेन्द्र रामुदामुले राज्यले वार्षिक करिव ६ अर्व रुपैंया सुनचादीबाट राजस्व उठाएको बताउदैं उंहाले हप्ताको ५० किलो सुनचादी बाहिरबाट आउने बताउनुभयो ।

दोस्रो वार्षिक साधारणसभामा ५० जिल्लाबाट करिव पांच सय प्रतिनिधिहरुले सहभागिता जनाउने महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले जानकारी दिए ।