तुलसीराम गौतम
सिइओ, माछापुच्छ्रे बैंक
प्रमुख कार्यकारी अधिकृत बन्नुभएको दुई वर्ष भयो, तपार्इं आउनुअघिको र त्यसपछिको बैंकको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पहिले बैंकको १६ अर्ब रुपैयाँको बिजनेस अर्थात् कर्जा थियो । अहिले करिब साढे ३३ अर्ब पुगेको छ । निक्षेप साढे २१ अर्ब थियो, अहिले बढेर साढे ३९ अर्ब पुगेको छ । म बैंकमा आउनुभन्दा अघिल्लो वर्षको नाफा करिब तीन करोड थियो । गत वर्षको नाफा ४५ करोड पुग्यो । यस वर्षको पहिलो त्रैमासिकमा १९ करोड भएको छ । विगतको तुलनामा बैंकको अवस्था राम्रो बन्दै गएको छ ।

केही कर्जा उठाउनमा गम्भीर समस्या देखिएको रहेछ नि ?
मर्जर हुनुपहिले केही समूहमा प्रवाह भएको कर्जामा समस्या देखिएको हो । तर, त्यति ठूलो परिमाणमा होइन । त्यसमध्ये केही कर्जा उठ्यो । लाजिम्पाटमा हाम्रो कर्पोरेट कार्यालय रहेको भवन पनि त्यस्तै कर्जाबाट सकारेका हौँ । बाँकी कर्जा उठाउन ऋण असुली न्यायाधीकरणको न्यायिक प्रक्रियामा गएका छौँ । ऋण तिर्न पनि दबाब दिइरहेका छौँ । वार्ता पनि चलिरहेको छ । अहिले कर्जा डुब्न नदिन पहिले नै सतर्कता अपनाएका छौँ । ऋणि छनोटलाई व्यवस्थित गरेका छौँ । ऋण डुब्न नदिन नियन्त्रण प्रणाली बनाएका छौँ । त्यसैलाई आधार मानेर कर्जा प्रवाह भइरहेको छ ।

कर्जा विस्तार कुन क्षेत्रमा केन्द्रित गर्नुभएको छ ?
कुनै निश्चित क्षेत्रमा मात्रै कर्जा केन्द्रित गरेका छैनौँ । सबै क्षेत्रमा लगानी गरेका छौँ । रिटेल कर्जा गाडी, घर, साना तथा मझौला व्यवसाय तथा उद्योगका साथै ठूला कर्पोरेट हाउसमा लगानी गरेका छौँ । यसबाहेक जलविद्युत् आयोजनामा पनि लगानी गरेका छौँ ।

उद्योग खोल्छु भन्दा बैंकले पत्याउँदैन, तर गाडी किन्छु भन्दा बंैकले ऋण तत्काल दिन्छ भन्ने गुनासो छ नि ?
अवस्था त्यस्तै त होइन, तर गाडीमा कर्जा दिन सजिलो हुन्छ । जस्तो, २० लाखको गाडीलाई १४ लाखसम्म ऋण दिन सकिन्छ । गाडी पनि बैंककै नाममा पास हुन्छ । यस्तो कर्जा प्रवाह प्रक्रिया एकै दिनमा पूरा गर्न सकिन्छ । उद्योगमा ऋण प्रवाह गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । उद्योग कहाँ स्थापना हुने हो, लगानीयोग्य छ या छैन, लगानीकर्ता कस्ता छन्, उद्योग चल्छ या चल्दैन लगायतका पक्ष हेर्नुपर्छ । तर, यसको अर्थ बैंकले गाडीमा मात्रै लगानी गर्छन् भन्ने होइन । वित्तीय विवरणले पनि त्यो प्रस्ट पार्छ । सबै क्षेत्रमा उत्तिकै लगानी भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले बिस्तारै दीर्घकालीन क्षेत्रमा लगानी बढाउँदै गएको देखिन्छ, माछापुच्छ्रे बैंकको योजना के छ ?
यही क्षेत्रमा लगानी गर्छौँ भन्ने त छैन । अन्य बैंकले लगानी गरेजसरी नै लगानी गरिरहेका छौँ । ‘पोर्टफोलियो म्यानेजमेन्ट’का लागि पनि सबै क्षेत्रमा लगानी गर्नुपर्छ । जलविद्युत्, पर्यटन, कृषि, शैक्षिकसंस्थालगायत हरेक क्षेत्रमा लगानी छ । भौगोलिक रूपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ–जहाँ ठूला ट्रेरडिङ सेन्टर छन्, त्यहाँ उपस्थिति छ । आगामी दिनमा पनि यसरी नै जाने हो । नयाँ कार्यक्रम पनि ल्याउँछौँ । जस्तै, गत वर्षबाट साना किसान कर्जाअन्तर्गत १०–१२ लाख रुपैयाँ काठमाडौंबाहिरका किसानलाई दिइरहेका छौँ । केही समयपछि महिला उद्यमी कर्जा सुरु गर्दै छौँ । महिलाले सञ्चालन गरेको उद्योग, व्यापार सेवामा ४–५ लाख रुपैयाँको ऋण दिने कार्यक्रम ल्याउन लागिरहेका छौँ । ठूला व्यावसायिक किसानलाई लक्षित गरेर पनि कर्जा प्रवाह गर्न नयाँ कार्यक्रम ल्याउँदै छौँ ।

छिटो नाफा कमाउने क्षेत्रमा मात्रै बैंकले लगानी गर्छन् भन्ने आरोप छ नि ?
नाफा कमाउनु पनि बैंकको उद्देश्य हो । हार्डवेयर, सफ्टवेयर, जनशक्ति, भौतिक पूर्वाधारलगायतमा ठूलो खर्च गरेका हुन्छौँ । वर्षैपिच्छे थप लगानी गर्दै जानुपर्ने हुन्छ । गाडी र एटिएम मेसिन पुरानो हुदै जान्छ । प्रविधि पनि त्यस्तै हुन्छ । त्यसलाई नयाँ बनाउँदै लैजानुपर्यो । यो सबै सित्तैमा आउँदैन । ठूलो स्केलमा संस्थापक, सर्वसाधारण सेयरहोल्डरले पैसा हालेका छन् । बैंकले मुनाफा कमाएर प्रतिफल पनि दिनुपर्छ । त्यसैले बैंकले लगानी गर्दा नाफा त हेर्नैपर्छ । तर, नाफा कमाउनुपर्छ भनेर राष्ट्रप्रतिको जिम्मेवारी भुल्दैनौँ । राष्ट्रका प्रथामिकताप्राप्त क्षेत्र र उद्योगधन्दामा पनि हामीले लगानी गरिरहेका छौँ । लगानीका लागि लगानीयोग्य
उद्योगचाहिँ आउनुपर्यो ।

प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न बैंकले के गरिरहेको छ ?
हामीले कर्मचारीको दक्षता वृद्धिलाई विशेष जोड दिएका छौँ । उनीहरूलाई तालिम दिएर ग्राहकमैत्री वातावरण बनाइरहेका छौँ । ग्राहकले कुनै विषयमा छलफल गर्न चाहेमा प्रमुख कार्यकारीदेखि तल्लो तहसम्म सजिलै पहुँच दिएका छौँ । सेवालाई झन्झटविहीन र ग्राहकमुखी बनाएका छौँ । सफ्टवेरमा पनि उत्तिकै जोड दिएका छौँ । हाम्रा ५६ वटा शाखाले सेवा दिइरहेका छन् । यस वर्ष सातवटा विस्तारको तयारीमा छौँ । कर्जा, निक्षेप र रेमिट्यान्समा सबैलाई उपयुक्त हुने ‘प्रडक्ट’ उपलब्ध गराएका छौँ । बच्चा, वृद्ध, नारी, विद्यार्थीलगायत सबैलाई लक्षित गरी सेवा दिइरहेका छौँ ।

बैंकको सञ्चालक समितिले नाफा कमाउनका लागि व्यवस्थापनलाई दबाब दिन्छन्, जसले गर्दा कार्यकारीले डुब्ने क्षेत्रमा पनि लगानी गर्छन्
भनिन्छ नि ?
सतही रूपमा त्यस्तो देखिए पनि वास्तविकता होइन । सञ्चालक समितिले व्यवस्थापनलाई लक्ष्य दिएको हुन्छ, तर त्यो दबाब होइन । यो जुनसकै व्यापार व्यवसायको लक्ष्यजस्तै हो । सबै बैंकको लक्ष्य हुन्छ । यहीकारण बैंक डुब्यो भन्ने कुराचाहिँ गलत हो । नेपालकै बैंकिङ इतिहास हेर्यो भने कार्यकारीलाई लक्ष्य बढी दिइएका बैंक कुन डुबेको छ ? छैन । हरेक संस्था आ–आफ्नै कारणले डुबेका छन् । लक्ष्य दिइएन भने कसरी काम हुन्छ ? त्यसैले सिइओलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य दिइएको हुन्छ । तर, यहीकारणले बैंक समस्यामा पर्छ भन्ने सोचाइचाहिँ गलत हो ।

पुँजी वृद्धिका लागि बैंकको योजना के छ ?
बैंकमा अभाव हुने र तुरुन्तै प्राप्त गर्न नसक्ने स्रोत नै पुँजी हो । म आउनुभन्दा पहिले बैंकमा पुँजी धेरै थियो । म आएपछि राम्रो क्षेत्रमा लगानी भएको छ । यसले गर्दा अहिले बैंकलाई पुँजी चाहिएको छ । हामीसँग राम्रो पुँजी भएको संस्थासँग मर्जर गर्ने, ऋणपत्र जारी गरी पुँजी संकलन गर्ने र तेस्रो राइट सेयर जारी गरी संस्थापकलाई पुँजी थप्न लगाउने विकल्प छन् ।

गत वर्षको नाफाबाट बोनस सेयर पनि जारी गर्यौँ, राइट सेयर पनि जारी गर्यौँ भने ऋणपत्र जारी गर्ने प्रक्रिया पनि सुरु गरिसकेका छौँ । तत्काललाई यसरी पुँजी पुग्ने भयो । तत्काल मर्जर गर्ने कुनै योजना छैन । तर, भविष्यमा आवश्यकता हेरेर मर्जरमा जान पनि सकिन्छ ।
ठूलो र राम्रो बनाउने बैंकको मूल लक्ष्य हो । ठूलो बनाउन निक्षेप र कर्जाको आकार बढाउने हो । आम्दानी बढाउन रेमिट्यान्स कारोबार बढाउँदै छौँ । नाफालाई बढाउँदै लैजाने हो । केही समयभित्रमा नेपालका बैंकहरूमध्ये उत्कृष्ट पाँचमा पुग्न लक्ष्यका साथ काम गरिरहेका छौँ । राम्रो बनाउन ऐन, नियम, निर्देशिका, परिपत्र र बैंक स्वयंले बनाएका नीति–नियमलाई पालना गरिरहेका छौँ । अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेका विषयलाई पनि कार्यान्वयनमा ल्याउँछौँ ।
प्रस्तुति : सचेन गौतम