चीनबाट इन्धन ल्याउन कठीन





तातोपानी र रसुवागढी दसैं अघि नखुल्ने

वाणिज्य तथा आपूर्तीमन्त्री सुनिलबहादुर थापाले अझ दुई साता चीनसँगका दुबै नाका सञ्चालनको सम्भावना नभएको बताएका छन्। भूकम्पले नेपाल र तिब्बत दुबैतिरको सडकमा ठूलो क्षती पुर्‍याएकाले तातोपानी र रसुवागढी नाका तत्काल सञ्चालनमा ल्याउन सम्भव नभएको धारणा थापाको छ।
संविधान सभाले संविधान लेखेपछि भारतले लगाएको अघोषित नाकाबन्दीले सरकारका सामुन्ने उत्पन्न चुनौती कसरी सामना गर्ने भन्नेबारे अर्थमन्त्री रामशरण महत, वन मन्त्री महश आचार्य, निमित्त परराष्ट्र मन्त्री खगराज अधिकारी र थापाबिच पटक पटक बैठक हुने गरेको छ।
स्रोतका अनुसार त्यही क्रममा शुक्रबार र शनिबारको छलफलमा महत, आचार्य र अधिकारीले दशैंका लागि आपूर्ति व्यवस्था सहज बनाउन हरसम्भव चिनीयाँ नाका खुलाउनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
‘म र वाणिज्य सचिवले चिनियाँ राजदूतसँग यसबारे कुरा गरिसक्यौं,’ थापालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजदूतले मर्मत सम्भारको काम शुरु भइसकेको जानकारी दिँदै नाका सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने बताए।’
तातोपानी र रसुवागढीको नाका उनीहरुले भने अनुसार नै दुई सातामा सञ्चालन आए पनि त्यतिञ्जेल नौरथा लागिसक्छ। घटस्थापना आसपास माल नेपाल भित्रिए पनि सामान आयातकर्ता, थोक र खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्न केहि दिन लाग्छ।
नेपाल पेट्रोलियममा पुरापुर भारतमा निर्भर छ। भारतले नाकामा अघोषित रोक लगाएसँगै बजारमा इन्धनको अभाव भइसकेको छ। चार मन्त्रीको समूहमा इन्धनबारे पनि छलफल भयो।
‘अहिलेलाई चीनबाट पेट्रोल, डिजेल, मट्टितेल ल्याउन सम्भव छैन,’ थापाले जानकारी गराएका छन्।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page